नियम ८७क
बढुवा सम्बन्धी विशेष व्यवस्था
-(१) ऐनको दफा २०क. बमोजिम कुनै निजामती कर्मचारीलाई बढुवा गर्दा देहाय बमोजिम गर्नु
पर्नेछ ः-
(क) राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीको पदमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार,
(ख) राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीको पदमा सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोगको सचिवको निर्णय अनुसार,
(ग) राजपत्र अनङ्कित पदमा अख्तियारवालाको निर्णय अनुसार ।
(२) उपनियम (१) बमोजिम बढुवा गर्दा सम्बन्धित कार्यालयमा रहेको अभिलेख र निजामती किताबखानाबाट उक्त
कर्मचारीको सेवाको अविच्छिन्नता र उमेर बुझी बढुवा गरी सामान्य प्रशासन मन्त्रालय र निजामती किताबखानालाई सोको जानकारी
दिनु पर्नेछ ।
(३) ऐनको दफा २०क. बमोजिम एक श्रेणी माथिको पदमा बढुवा पाउने निजामती कर्मचारीलाई निजले तल्लो पदबाट अवकाश लिंदा पाउने सुविधा भन्दा कम नहुने गरी सुविधा प्रदान गरिनेछ ।
८७ख…………….